मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

तराईमा आज होली धुमधाम सँग मनाइदै

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
काठमाडौँ।आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ । कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धूमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ ।
२३ फाल्गुन २०७९, मङ्गलबार

काठमाडौँ।आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धूमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार