मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बर्दियाका तीन पालिकामा बाल विवाहमा उल्लेखनीय गिरावट

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

गुलरिया । मधुवन र बढैयाताल नगरपालिका क्षेत्रमा किशोरीहरूको नेतृत्वमा सञ्चालित जनचेतनामूलक अभियानले बाल विवाहको दरमा उल्लेखनीय कमी आएको छ ।

बाँके युनेस्को क्लबको आयोजनामा र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित "गर्ल्स स्ट्यान्डिङ स्ट्रङ (GSS)" परियोजनाअन्तर्गत १४ वटा युवा क्लबहरू सक्रिय रूपमा अभियानमा संलग्न भएका छन् । ती क्लबहरूले सडक नाटक, घरदैलो भ्रमण, र अभिभावकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेर बाल विवाहविरुद्ध सशक्त आवाज उठाउँदै आएकोले बालबिवाहमा कमि आएको छ ।

बालबालिकाको प्रयासहरूले समुदायमा चेतनाको लहर आएको छ । अहिले धेरै अभिभावकहरूले बाल विवाह नगर्ने, छोराछोरीको शिक्षामा साथ दिने, र शिक्षकहरूसँग समन्वय गरी बालबालिकाको शैक्षिक प्रगतिमा चासो देखाउने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय सरकारहरू बाल विवाहमुक्त वडा घोषणा गर्न आवश्यक फलोअप गतिविधिहरूको तयारीमा जुटेका छन्। परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार, किशोरीहरू र अभिभावकहरूसँग निरन्तर संवाद र प्रेरणाले आगामी दिनहरूमा अझ सकारात्मक परिणाम ल्याउने बाटो खोलिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार