मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

क्षेत्रीय सभापति केसीको घरमा कांग्रेसको श्रद्धाञ्जली सभा

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
४ जेठ २०८१, मङ्गलबार

बाँके । नेपाली कांग्रेसका युवा नेता एवम् क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लौकीस्थित निवासमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो । कांग्रेसको वडा, प्रदेश, क्षेत्र, जिल्ला कार्यसमितिसंगै अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा श्रद्धाञ्जलीसभा गरिएको हो ।

राप्तीसोनारी वडा नम्बर १ कार्यसमितिका सभापति मोहन डाँगीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा गरिएको श्रद्धाञ्जली सभामा सभापति गौडेल, पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, प्रदेश १ ९ख० का सभापति बलराम शर्मा र राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्रीले शोक मन्तब्य ब्यक्त गरेका थिए । बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट मनबिर केसी र स्थानीय भिमार्जुन देवकोटाले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव इन्द्र वलीले गरेका थिए ।

त्यसक्रममा पार्टीका तर्फबाट प्रबक्ता डिल्ली गिरीले शोक बक्तब्य वाचन गरेर सुनाएका थिए । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार