मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

अनुभव र विकासको एजेन्डासहित इश्तियाक राईको पुनरागमन प्रयास

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२७ माघ २०८२, सोमबार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ को राजनीतिक इतिहास उतार–चढावले भरिएको छ, र यही इतिहासका केन्द्रमा छन् अनुभवी नेता मोहम्मद इश्तियाक राई। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका राईले एमालेका दिनेशचन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो सशक्त उपस्थिति दर्ज गराएका थिए । तर २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने उनी सोही प्रतिद्वन्द्वी यादवसँग पराजित हुन पुगे ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके–२ बाट नेकपा एमालेको सूर्य चिन्हमा उम्मेदवार बनेका पशुपति दयाल मिश्रलाई पराजित गर्दै राई पुनः विजयी बने। तर २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका राई, एमाले–राप्रपा गठबन्धनका उम्मेदवार धवल शमशेर राणासँग पराजित भए। यसरी एक पटक जित र एक पटक हारको अनुभव गर्दै आएका राई यसपटक भने ‘तेस्रो जित’सहित पुनरागमन गर्ने दृढ संकल्पका साथ चुनावी मैदानमा होमिएका छन् ।

बाँके–२ बाट निर्वाचित दुई कार्यकालको राजनीतिक यात्रामा राई तीन पटक संघीय सरकारको मन्त्रिपरिषदमा सहभागी भइसकेका छन्। २०६४ सालको निर्वाचनपछि उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका थिए भने २०७४ सालको निर्वाचनपछि शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्दै दुई पटक मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए। मन्त्रीका रूपमा बाँके जिल्लामा ल्याइएका सडक, अस्पताल, सभाहल, पुल–पुलेसा लगायतका विकास आयोजनालाई नै उनले वर्तमान निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका राई बाँके–२ मा तेस्रो जित हात पार्दै पुनः संसदमा फर्किने दाउमा छन्। चुनावी अभियानका क्रममा उनले भने, “मैले यसअघि २०६४ र २०७४ को चुनाव जितेर बाँके–२ मा विकासको इतिहास रचेको छु। अहिले बाँकी रहेका अधुरा काम पूरा गर्न फेरि जनताको बीचमा आएको हुँ। यसपटक पनि जनताले मलाई विश्वास गर्नेछन् भन्नेमा म ढुक्क छु ।”

विगतका दुई कार्यकालमा आफू बाँके–२ का जनताको हरेक दुःख–सुखमा साथमा रहेको दाबी गर्दै राईले कामकै आधारमा जनताले पुनः मूल्यांकन गर्ने विश्वास व्यक्त गरे। “नेपालगन्जमा अस्पताल र सडक स्तरोन्नति, सभाहल निर्माण, पुल–पुलेसा जस्ता दर्जनौँ विकासका काम गरिएका छन्। मन्त्री हुँदा जनताको मागअनुसार पर्याप्त बजेट ल्याएर काम अघि बढाएको थिएँ,” उनले बताए ।

एमालेबाट उम्मेदवार बन्नुको कारण स्पष्ट पार्दै राईले संविधान, संघीयता र लोकतन्त्रको रक्षा नै आफ्नो प्रमुख लक्ष्य भएको बताए। “राष्ट्रप्रेम र देश विकासका सवालमा केपी शर्मा ओलीको चट्टानी अडानबाट प्रभावित भएर एमाले रोजेको हुँ। नागरिकका बाँकी मुद्दा सम्बोधन गर्न एमाले नै सक्षम शक्ति हो,” उनको भनाइ छ ।

बाँके–२ को चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक बनेको छ। एमालेका राईसँगै नेपाली कांग्रेसका सुधांसु कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र विष्ट, जसपा नेपालका कमरुद्दीन राई, राप्रपाका ऋषि राज देवकोटा लगायत २२ जना उम्मेदवार मैदानमा छन्। यस्तो प्रतिस्पर्धी माहोलबीच अनुभवी नेता राई तेस्रो जितसहित पुनरागमन गर्न सफल हुन्छन् कि हुँदैनन् भन्ने चासो बढ्दै गएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार