बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ कोठियामा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।
बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिव ६ बजेतिर बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रवीण विडारीले जानकारी दिए । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।