मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेकपा एमाले बाँकेमा सुरु भयो भाडभैलो

महमूद आलम खान 1132+ समाचार ( )
सदस्यता विवादले एमाले छोड्दै पुराना नेताहरु
८ पौष २०७८, बिहीबार

बाँके । नेकपा एमाले बाँके जिल्लाको अधिवेशन नजिकिदै गर्दा बाँके एमालेभित्र भाडभैलो शुरु भएको छ । एमाले बाँकेले जिल्ला अधिवेशन यहि पुस २३ गतेका लागि तय गरेको छ ।

बाँके एमालेको नेतृत्व(अध्यक्ष )का लागि हालका अध्यक्ष निरक गुरुङ र डिल्ली बिसीबीच आगामी अध्यक्षकाे नाम चर्चामा रहेको छ । उनीहरू दुबैले आफुलाई आगामी अध्यक्ष पदको दावी गरिरहेका छन ।

नेकपा टुक्रे पस्चात बनेको एमाले बाँकेको ४ सय बढी जिल्ला सदस्य र नेकपा बन्नु पुर्व रहेको एमालेको निर्वाचित ८१ सदस्यीय जिल्ला समिती सदस्यहरुमध्ये कस्लाई आधिकारिकता दिने र आयोजक मान्ने भन्ने बिषयले अहिले बाँके एमालेभित्र भाडभैलो देखिएको हो ।

एमाले बाँकेभित्र अहिले पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य सुर्य ढकाल बाँकेको इन्चार्ज बनेर आएपछि स्पष्ट दुई धार देखिएको छ । 

केन्द्रिय सयस्य तथा जिल्ला इन्चार्ज सुर्य ढकाल र अध्यक्ष निरक गुरुङ पक्षले ४ सय बढी सदस्य रहेको कमिटीलाई आयोजक मान्नुपर्ने अडानमा देखिएका छन भने डिल्ली बिसी र उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री लगायतको पक्षले पुर्व निर्वाचित ८१ सदस्यीय कमिटीलाई आयोजक मान्नु पर्ने पक्षमा देखिएका छन ।

कक्षपती पक्षले ४ सय बढी सदस्य रहेको कमिटी आधिकारिकता नभएको बताएको छ । 'जिल्ला कमिटीको बैठकको माइन्युटमा हालैको ५६ जनाको मात्र हस्ताक्षर रहेको छ, कुनै पनि बैठकको माइन्युटमा ४ सय बढी सदस्यको उपस्थिति र हस्ताक्षर छैन । त्यसकारण ५६ जना नै आधिकारिक कमिटी हो त्यसैलाई आयोजक मान्नु पर्छ ।' एक नेताले भने ।

४ सय बढी सदस्य रहेको कमिटीलाई जिल्ला कमिटी र नेकपा हुनु पुर्वका ५६ सदस्यीय कमिटीलाई सचिवालय भनिएता पनि ४ सय बढी सदस्य रहेको कमिटीको लिखित दस्तावेज कहि पनि नभएको उनले बताए । अधिवेशन नजिकिदै गर्दा सम्भावित निर्वाचनको मध्येनजर गर्दै अहिले दुई पक्षबिच बिबाद देखिएको हो ।

नेकपा बन्नु पुर्व एमालेका ९१ जना सदस्यमध्ये, कोही एकीकृत समाजवादीमा गएको कसैले अन्य कमिटीमा जिम्मेवारी पाएको हुँदा हाल ५६ जना सदस्य रहेको एक नेताले बताए ।

एमाले बाँकेको गत असोज ३ गते बसेको १८औं पुर्ण बैठकले ५६ जनाको उपस्थितिलाई जिल्ला कमिटीको बैठक भनेको छ भने, पुस ७ गतेको बैठकले जिल्ला कमिटी सचिवालयको बैठक भनेको छ । तर, ४ सय बढी सदस्य रहेको भनिएको कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको बैठकको कतै माइन्युट नभएको बताइएको छ ।

प्रदेश कमिटीमा निवेदन

४ सय बढी सदस्य रहेको भनिएको जिल्ला कमिटीको आधिकारिकता कतै नभएको र त्यसलाई मान्यता नदिन भन्दै उपाध्यक्ष कक्षपति पक्षले बिहिवार एमाले लुम्बिनी प्रदेश कमिटीमा एक निवेदन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार