बाँके । कांग्रेस ससंदीय बाँकेका सचिव सुधनशु कोईरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाले जित हासिल गरेको नेपालगंज ४ मा आउँदो वैशाख ३० गते हुने निर्वाचनमा काग्रेश र माओबादीले जित हाँसिल गर्ने दाबी गरेकी छिन् ।
मौन अवधी सुरु हुन केही घण्टा बाँकी रहेका बेला चुनावी सभामा बोल्दै कोईरालाले यस्तो दाबी गरेकी हुन् । चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्नेप्रति जनता सचेत भएको पनि उनले बताए । नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा काग्रेशका नेता प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दीन राई सहित वडाहरुमा गठबन्धन दल भित्रै कै बलियो उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गर्नु भयो । उहाँले नेपालगंज ४ प्रदिप गुप्ता र गोपाल पुन मध्य एक जनाको जित निश्चित भएको बताउदै उहाँहरु मध्य जो बलियो छ त्यसलाई मतदान गरी विजय गराउन जरुरी रहेको जिकिर गर्नु भयो ।
स्थानीयहरुका अनुसार नेपालगंज ४ वडामा नेपाली काग्रेशका तर्फबाट प्रदिप गुप्ता लगायतका उम्मेदवारहरु रहेकाले भारी मतका साथ जित हाँसिल समेत गर्ने बताए । नेपालगंजमा बढि चासोका साथ हेरिएको उक्त वडामा नेपाली काग्रेशका उम्मेद्धवारले जित्ने आधार धेरै नै रहेको नेपाली काग्रेशका नेता हाजी अब्दुल हमीद सिद्धिकिले बताए ।
सिद्धिकिले जनताको चाहाना अनुसार राप्रपाको नेतृत्वले काम गर्न नसकेकोले पनि काग्रेशको नेतृत्वलाई मतदाताले रुचाएको बताए । अन्तीम घरदैलो कार्यक्रममा उम्मेदवार तथा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।