मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

युटुबर चेतन कार्की लागूऔषध सहित पक्राउ

महमूद आलम खान 1132+ समाचार ( )
गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।
२१ माघ २०७८, शुक्रबार

बाँके । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ ।

सो मिनीट्रक बर्दिबासबाट धुलिखेलतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा युटुबर कार्कीले प्रयोग गर्ने गाडीमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार