मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगञ्ज १९ मा मत माग्दै योगी जनताको घरदैलोमा

महमूद आलम खान 1132+ समाचार ( )
योगी प्रति देखियो मतदाताको ठुलै आकर्षण
१७ वैशाख २०७९, शनिबार

बाँके । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ । माओवादीका उम्मेदवारहरु यतिबेला मतदाताका घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका शम्भु नाथ योगी तिर मतदाता आकर्षित देखिएका छन ।  उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा योगी घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् ।

प्रत्येक टोलमा प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यका साथ आज नेपालगञ्ज १९ मा विभिन्न भेगलाई समेट्ने गरी छुट्टाछुट्टै निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य एवं नेपालगन्ज १९ कि इन्चार्ज मिना मल्ल पुनले जानकारी दिनुभयो । 

माओवादी नेतृ मिना मल्ल पुनले प्रचण्ड पथमा रहेर अगाडि बढ्न आग्रह गर्दै योगी नेतृत्वको टिमलाई बिजय गराउन आग्रह गर्नु भयो । उहाँले जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदाता माझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालगञ्ज १९ को समग्र विकास, शिक्षा, स्वास्थ्य रोजगार पूर्वाधार र सुशासनका साथै नमुना वडा सहितको नगरपालिकाको लागि युवा समाजसेवी शम्भु नाथ योगीलाई वडा अध्यक्षको रूपमा माओवादीले अगाडि सारेको छ ।

आफ्नो उम्मेदवारीको औचित्य प्रस्ट्याउँदै योगीले भने, नेपालगंज १९ को विकासका लागि आफूले दिनरात नभनीकन नमुना वडाको रूपमा विकास गर्ने र वडाको स्थिर उन्नतिको निम्ति जुनसुकै मूल्य चुकाउन आफू तयार भएको बताउनु भएको थियो । 

घरदैलो अभियानमा माओवादी नेपालगञ्ज नगर कमिटीका सदस्य सालिक राम परियार, व्यापार संगठनका बाँके जिल्ला अध्यक्ष तेज रेग्मी, जनक कार्की सहित उम्मेदवार वडा सदस्य र समर्थकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार