मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

हतियार किन्ने निर्णय नगरेको प्रधानमन्त्रीको

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।
३० असार २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।

बैठकमा अर्जुननरसिंह केसी र अन्तिममा बोलेका गोपालमान श्रेष्ठले यसबारमा कुरा उठाएका थिए ।

श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नु पर्ने भनेपछि देउवाले उनलाई रोकेर भने, ‘हतियार किन्ने कुरा कहाँ छ रु हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’

विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ । जसका कारण सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार