मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

बाँके २ मा ३५ जनाले गराए उम्मेदवारी दर्ता

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
राप्रपाका महामन्त्री डा. राणा नेकपा एमालेको समर्थनमा चुनाव लड्न लागेका छन्
२३ अशोज २०७९, आइतबार

बाँके । बाँकेको क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि अहिलेसम्म करिव ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधी सभातर्फ भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डा. धवलसम्शेर राणा, नेपाली कांग्रेसका नेता सुदिपनरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरी लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार राणाले दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको सर्मथन छ । सत्तारुढ गठबन्धन मन्त्री राईले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दलसँग गठबन्धन तोडेपछि जसपा उक्त क्षेत्रमा एक्लै चुनाव लड्न लागेको हो । यस्तै राप्रपाका महामन्त्री डा. राणा नेकपा एमालेको समर्थनमा चुनाव लड्न लागेका छन् । खनाललाई शिवसेना लगायत हिन्दुवादी संघ, संगठनको साथ र समर्थन रहेको छ । 

यसैगरी प्रदेश सभा-२ (१) मा नेपाली कांग्रेसका राजकुमार बर्मा, नेकपा एमालेका विजय यादव, जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल यादव, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा-२ (२) मा नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्रबहादुर हमाल, नेकपा एमालेका निरक गुरुङ, जनता समाजवादी पार्टीबाट आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम, स्वतन्त्र उम्मेदवार डा. विनोद कर्ण लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत धनसिंह महराले आइतबार बेलुका साढे ६ बजेसम्म प्रतिनिधी सभा र प्रदेश सभा गरी ३५ जनाले उम्मेदवारी दर्ता गराइसकेको बताए । ‘उम्मेदवारी दर्ता गर्ने समय बेलुका ५ बजेसम्म थियो, तर अन्तिम समयमा धेरै जना उम्मेदवार आएकाले दर्ता गर्ने क्रम लम्बिएको हो,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै