मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

चोरी मुद्दामा जाबिर हुसेन हल्वाई सहित २ जनाको नाममा पक्राउ पुर्जी

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

बाँके । चोरी मुद्दामा फरार रहेका नेपालगंज ४  बस्ने प्रतिवादीहरु सहिद हुसेन हल्वाई र जाबिर हुसेन हल्वाईको नाममा बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

ढिलो गरी प्राप्त समाचार अनुसार २०७९ सालमा मोहम्मद सलाम हल्वाईको घरमा चोरी गरेको भन्दै बाँके जिल्ला अदालतमा २ जनाविरुद्ध चोरी मुद्दा दायर भएको थियो । सो मुद्दामा बाँके जिल्ला अदालतले २०८० भाद्र २४ गते अनुसूचि २२ बमोजिम सात दिने पक्राउ पुर्जी थान ४, अनुसूचि २३ बमोजिम थान १ र असूचि २५ बमोजिम ३५ दिने पक्राउ पुर्जी थान ६ जारी गरेको छ । 

चोरी मुद्दामा स्रोतका अनुसार जसपाका नेता समेत रहेका जाबिर हुसेन हल्वाई र अर्का प्रतिबादी सहिद हुसेन हल्वाई पक्राउ नपरेका कारण अदालतले उनीहरूको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

यो अवधिमा आरोपितहरू आफैं वा पक्राउ पुर्जीबमोजिम पक्राउ परेर अदालतमा हाजिर हुन गएको खण्डमा उनीहरूको बेहोरा बुझी कानूनबमोजिम कारबाई हुने अन्यथा सो अवधिमा अदालतमा हाजिर नभएको खण्डमा कानूनबमोजिम हुने र त्यसको उजूर गर्न नपाउने अदालतले जारी गरेको पक्राउ पुर्जीमा उल्लेख छ ।

युथ टुडे संग कुरागर्दै जाहेरवाला मोहम्मद सलाम हल्वाईले भने, राजनितिक संरक्षणमा प्रहरीले प्रतिबादीहरुलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाउदै उनले चोरी जस्तो सम्बेदनशील मुद्दामा पक्राउ पुर्जी जारी हुदाँ समेत खुलेआम घुम्ने जाबिर हुसेन हल्वाईका कारण आफनो परिवार त्रासित रहेकोले अविलम्ब पक्राउ गरी आफूलाई न्याय दिन सम्बन्धीत निकाय संग माग गर्नु भयो । यता बाँके प्रहरीले प्रतिबादीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार