मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

वालवालिकालाई अभिमुखिकरण र शैक्षिक सामाग्री वितरण

Youth Today News 1+ समाचार ( )
१५ असार २०८२, आइतबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुरले वालवालिकाहरुको चौतर्फि विकासका लागि क्षमता अभिबृद्धी र उत्प्रेरणा आवश्यक रहेको बताएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगन्जको आायेजनामा असार १४ गते सम्पन्न बालवालिकाहरुलाई अभिमुखिकरण तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताए हुन् । असल युवा तयार गर्न वालवालिकामा लगानी गर्नुपर्ने कुरामा जोड दिदै अभिमुखिकरणले वालवालिकालाई आधारभुत जानकारी हुनुका साथै शैक्षिक सहयोगले अध्यापनमा टुवा पुग्ने विश्वास ब्यक्त गरे । उनले सहभागि वालवालिकाहरुलाई सिकेको कुरा ब्यवहारमा लागु गर्न अनुरोध गरे । 

वडाका २२ जना बालवालिकाहरुको सहभागिता रहेको कार्यक्रममा बाल संरक्षण, वाल अधिकार, वाल क्लब परिचालन लगायतका बिषयमा नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, उपाध्यक्ष शोभा थापा मगर र सचिब कमल शाहीले प्रशिक्षण गरेका थिए । 

अभिमुखिकरण पश्चात प्रतिक्रिया राख्दै तालिमका सहभागि वालवालिकाहरुले वाल अधिकार र वाल क्लब परिचालनका बिषयमा सामान्य जानकारी भएपनि अभिमुखिकरण बाट धेरै कुरामा सिकाई भएको बताए । उनीहरुले सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरे । अभिमुखिकरण पश्चात सहभागि वालवालिकाहरुलाई अध्यापनमा सहयोग होस भन्ने उद्धेश्यले झोला वितरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सुरेश सिंह ठाकुर, वडा सदस्य, कर्मचारी सहित २८ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार