जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सचिवमा नेपालगञ्ज उपमहानगरपालिकाका उप मेयर एवं जसपा नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राई निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका राई जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएका हुन् ।
निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो ।
अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन भए पछि अन्य पदका लागि निर्वाचन भएको थियो । जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन भएको हो ।