मुख्य समाचार
कर्मचारीलाई खाजा समय ३० मिनेट मात्र | पश्चिम नेपालका थारु आज अटवारी पर्व मनाउँदै, लुम्बिनीमा सार्वजनिक बिदा | बाँकेको जानकी गाउँपालिकामा झाडापखाला र बान्ताका कारण एकजनाको मृत्यु | झाडापखालाका विरामीको लागि नरैनापुर मै छुट्टै उपचार कक्ष स्थापना | उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार | बर्का अट्वारी पर्वमा लुम्बिनीका बाँके सहित ६ जिल्लामा सार्वजनिक बिदा | देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल | जिप दुर्घटनामा ११ जना घाइते | नेपाल समाजवादी महिला संघ बाँकेको तिज मिलन भव्यरुपमा सम्पन्न | कोहलपुरमा बसाइँसराइ गरेर आउनेको संख्यामा बृद्धि |

निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग रोकिएन

महमूद आलम खान 1129+ समाचार ( )
हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय निर्वाचनको प्रचार प्रसारमा बालबालिकालाई सडकमा उतार्नु बाल अधिकार विपरित भएको भन्दै त्यस्तो नगर्न अपिल गरेको छ ।
२३ वैशाख २०७९, शुक्रबार

बाँके । मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरित बाँके र कपिलबस्तुमा केही राजनितिक दलहरुले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएकोले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय निर्वाचनको प्रचार प्रसारमा बालबालिकालाई सडकमा उतार्नु बाल अधिकार विपरित भएको भन्दै त्यस्तो नगर्न अपिल गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि बाँकेको खजुरामा नेकपा एमाले, नेपालगञ्ज १७ मा जनता समाजवादी पार्टी, नेपालगञ्ज २ मा राप्रपा नेपाल र कपिलवस्तुको माया देवी गाउँपालिकामा बालबालिकालाई सहभागी गराइएकोप्रति हुरीपपले विज्ञप्ती निकालेर विरोध जनाएको हो। 

बालबालिका तथा किशोर किशोरी (१८ वर्षमुनिका) लाई चुनावको कुनै पनि प्रक्रिया (प्रचारप्रसार गर्ने, भोट माग्ने र र्‍याली) मा समावेश नगर्न आग्रह गरिएको छ । निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्ण पालना सुनिश्चित गरिनुपर्ने बिज्ञप्तिमा भनिएको छ । 

हुरीपपले राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ अवोध बालबालिकाहरुको प्रयोग हुनु अत्यन्त दुःखद भएको बताएको छ।  हुरीपपले बालबालिकाको प्रयोग गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै