मुख्य समाचार
दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह | नेपालगन्ज वाकाथनको तयारी पुरा | सोफियाको १७औं वार्षिक उत्सवले अभिभावक मन्त्रमुग्ध | उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति खान स्वदेश फिर्ता | श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान | मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित | नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो | वडा अध्यक्ष जोलाहको भाईको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त | टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सकिन्छ प्रधानमन्त्री प्रचण्ड | मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन |

पञ्चे बाजा संरक्षण गर्दै नरैनापुर गाँउपालिका

यूथ टुडे समाचारदाता 1607+ समाचार ( )
पछिल्लो समय नयाँ प्रविधि आविस्कार संगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाँउपालिका जुटेको छ ।
५ माघ २०७९, बिहीबार

नरैनापुर । पछिल्लो समय नयाँ प्रविधि आविस्कार संगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाँउपालिका जुटेको छ । 

पछिल्लो समय नयाँ पुस्तामा पञ्चे बाजा प्रतिको रुची कम हुँदा बढी प्रचलित पञ्चे बाजा बजाउने संख्या घट्दै गएको देखे पछि पञ्चे बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा रहेको पञ्चे बाजा समूहलाई एक सेट बाजा खरिद गरेर प्रदान गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

पञ्चे बाजा समूह विहे, व्रतवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय पञ्चे बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले पञ्चे बाजा संरक्षण तथा सो बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको भनाई थियो ।

बाजा हस्तन्त्रण कार्यक्रममा गाँउपालिका अध्यक्ष शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा,वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,लेखा प्रमुख भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, वडा सदस्य मंगरे खाँ लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार