मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । 

प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । 

सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहरु पनि प्राप्त गरेको बताउनुभयो । 

तालिममा सहभागि युवतीहरु निकै हर्षित र उत्साहित भएको जनाउँदै समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न उनिहरुले प्रतिवद्धता समेत जनाएको बताईएको छ । 

सो तालिममा राजापुर नगरपालिकाबाट २५ जना युवा महिलाको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको सभापतित्वममा सम्पन्न भएको तालिमको समापन समारोहमा सहभागिहरुलाई बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष गुरुंग र तालिमका प्रशिक्षक दिनेश चौधरी लगायतले प्रमाणपत्र बितरण गर्नुभयो । 

सहभागीहरुको तर्फबाट बोल्दै रामकुमारी चौधरीले जीवन सीप तालिमले आफुहरुको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले धेरै उपयोगी सावित भएको बताउनुभयो । 

सहभागि मध्येकै एक अनिता थारुले सञ्चालन गर्नु भएका सो कार्यक्रममा बाँके युनेस्को क्लबका लजिस्टिक अफिसर शंकर सिङ्ग थारु, सहायक प्रशिक्षक अनिता विष्ट, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Shriya Rijal १८ पौष २०८१, बिहीबार

Malai aaja samma liyeko sabai training haru ekdam ramro lagyo RW maile dheraii nai Naya Naya gyan PAYE RW Naya Naya skill Pani sikne opportunity PAYE RW Naya Naya Thau gumna Pani PAYE RW malai thaha navako Kura Pani sikna PAYE tesko barema bujhna PAYE yesto ramro opportunity dinu vayeko maa ma tapai haru prati ekdamai avar bekta gardaxu RW tapaiharu le hami mathi rakhnu vayo aasha RW barosha lai ma todne xaina feri Pani sabai Jana lai dheraii dheraii dhayabad

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार