काठमाडौं । काठमाडौं । पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । मुल्तान क्रिकेट रंगशालामा भइरहको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको हो ।
पाकिस्तानविरुद्ध खेलिरहेको एसिया कपमा नेपाललाई दोस्रो सफलतला मिलेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भएका छन् ।
छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् ।
सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् ।
पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।