मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, (नामावली सहित)

महमूद आलम खान 1133+ समाचार ( )
कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुने १० महिला र २ पुरुषको मृत्यु
२१ कार्तिक २०७८, आइतबार

सल्यान । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृतकमध्ये १० जनाको पहिचान खुलेको छ । कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुने १० महिला र २ पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीय मिना डाँगी, शारदा–२ की ६६ वर्षीया लीला बुढाथोकी, दाङको शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर–६ कोरबाङका ५ वर्षीय सुरज वली छन् ।

सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, सल्यानको शारदा–१२ घर भइ दाङको तुलसीपुर–६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेको पनि दुर्घटनामा मृत्यु भएको छ । 

यस्तै, दाङको बबइ गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, बबइ–६ पञ्कुलेकी ७० वर्षीया कलाबति बुढाथोकी र घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्य ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् । दुर्घटनामा १८ जना घाइते भएका जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार