युसुफ अन्सारी
बाँके। चिसो र शितलहरका बेला अहिले थानामा रहेका थुनुवाहरुलाई चिसोले गर्दा बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेका चिसोबाट बच्न न्यानो कम्बल वितरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन केन्द्र बाँकेको सहयोगमा बढि रहेको जाडो मौसमलाई मध्यनजर गरी हिरासतमा रहेका थुनुवा हरुलाई ५० थान कम्बल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकरी दिनुभयो