मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

आफु दुई प्लेनको मन्त्री हुँदा लज्जित छु - मन्त्री किराती

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
सय दिनमा परिणाम दिने गरी काम गरिरहेको छु मन्त्री किराती
१७ फाल्गुन २०७९, बुधवार

बाँके ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउनु भयो । 

प्रेस सेन्टर नेपाल बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले आफु दई प्लेनको मन्त्री हुँदा लज्जित भए पनि १०० दिनमा परिणाम दिने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सय दिन परिणाम दिन नसके जनताको बिचमा जाने जिकिर गर्नु भएको थियो ।

 बुधबार नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्ने नेपालगञ्ज पुग्नु भएका मन्त्री किरातीले बिमान स्थलमा भइरहेको स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयारी गरिएको बताउँदै मन्त्री किरातीले २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्य र  रनवे, पार्किङ र विमानस्थलको समेत निरिक्षण गर्नु भएको थियो ।

सो अवसरमा उहाँले तीन अर्ब रुपियाँको लगानीमा भइरहेको विमानस्थलको स्तरोन्नतिको कामबारे नयाँ टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीसँग विस्तृत जानकारी लिनुभयो । 

नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउँदै मन्त्री किरातीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको थियो । 

टर्मिनल भवनको निर्माण कार्य गरिरहेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले मन्त्री किरातीलाई सो भवन निर्माणका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो । 

निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको जिकिर गर्नु भयो । 

विमानस्थलको निरीक्षण टोलीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतको पनि सहभागिता थियो । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ । टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ । 

करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार