मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

आफु दुई प्लेनको मन्त्री हुँदा लज्जित छु - मन्त्री किराती

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
सय दिनमा परिणाम दिने गरी काम गरिरहेको छु मन्त्री किराती
१७ फाल्गुन २०७९, बुधवार

बाँके ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउनु भयो । 

प्रेस सेन्टर नेपाल बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले आफु दई प्लेनको मन्त्री हुँदा लज्जित भए पनि १०० दिनमा परिणाम दिने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सय दिन परिणाम दिन नसके जनताको बिचमा जाने जिकिर गर्नु भएको थियो ।

 बुधबार नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्ने नेपालगञ्ज पुग्नु भएका मन्त्री किरातीले बिमान स्थलमा भइरहेको स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयारी गरिएको बताउँदै मन्त्री किरातीले २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्य र  रनवे, पार्किङ र विमानस्थलको समेत निरिक्षण गर्नु भएको थियो ।

सो अवसरमा उहाँले तीन अर्ब रुपियाँको लगानीमा भइरहेको विमानस्थलको स्तरोन्नतिको कामबारे नयाँ टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीसँग विस्तृत जानकारी लिनुभयो । 

नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउँदै मन्त्री किरातीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको थियो । 

टर्मिनल भवनको निर्माण कार्य गरिरहेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले मन्त्री किरातीलाई सो भवन निर्माणका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो । 

निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको जिकिर गर्नु भयो । 

विमानस्थलको निरीक्षण टोलीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतको पनि सहभागिता थियो । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ । टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ । 

करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार