मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रधानमन्त्रीलाई प्रचण्डले भने 'म एमसीसी पारित गर्ने पक्षमा छैन, बरु सरकार छोडन तयार छु'

महमूद आलम खान 1132+ समाचार ( )
प्रचण्डले देउवालाई फोन गरेर भने– ‘तपाई जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भयो । यदि, त्यो हो भने ओली (केपी शर्मा ओली)सँग मिलेर पारित गर्नुस् । हामी सरकारमा रहन्नौ ।’
२३ माघ २०७८, आइतबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गर्ने हो भने सरकार र गठबन्धनमा नरहने भनेका छन् ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गर्ने पक्षमा देखिएको भन्दै प्रचण्डले प्रधामन्त्री देउवालाई बरु सरकार र गठबन्धन छोड्न तयार रहेको तर एमसीसी पारित गर्ने पक्षमा नरहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीलाई केही महिना अगाडि लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्डले फोन गरेर प्रधानमन्त्रीलाई आफू एमसीसी पारित गर्ने पक्षमा नरहेको बताएका हुन् ।

बेला घर्काएर एमसीसी फिर्ता गराउने योजनासहित केही महिना अगाडि लेखिएको पत्र समय घर्केपछि प्रधानमन्त्रीकै चाहनामा सार्वजनिक गरिएको खुमलटारको धारणा रहेको छ । खुमलटार स्रोतले भने– ‘पारित नगर्ने साल्लाह बमोजिम बेला घर्काएर एमसीसी फिर्ता गराउने योजनासहित पत्र लेखिएको थियो । त्यो पत्रमा भनिएको समय पनि घर्किसक्यो । समय घर्केपछि पत्र सार्वजनिक गर्नुको अर्थ दबाब दिएर एमसीसी पारित गर्न खोज्नु हो । त्यो कुनै पनि अवस्थामा स्वीकार्य छैन ।’

पत्र सार्वजनिक भएसँगै प्रचण्डले देउवालाई फोन गरेर भने– ‘तपाई जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भयो । यदि, त्यो हो भने ओली (केपी शर्मा ओली)सँग मिलेर पारित गर्नुस् । हामी सरकारमा रहन्नौ ।’

पछिल्लो समय प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् । नेकपा एमालेले समेत एमसीसी पारित गर्ने हो भने सहयोग गर्न तयार रहेको तर त्यसका लागि वर्तमान सत्ता गठबन्धन तोड्नुपर्ने सर्त राख्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार