मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा परी १० नेपालीको ज्यान गयो

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

काठमाडौँ । प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गुमेको पुष्टि भएको छ। बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

बम आक्रमणमा ज्यान गुमाउनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, कैलाली बउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दीपेशराज बिष्ट छन्। त्यस्तै,, धनुषा सपही-६ का आनन्द शाह, सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्रसिंह धामीको बम आक्रमणमा परी ज्यान गुमेको नेपाली दूतावासले जानकारी दिएको हो।

आक्रमणमा परी ६ नेपाली घाइते भएको र एक जना नेपाली सम्पर्कविहीन रहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, चितवनस्थित कृषि तथा वन विश्वविद्यालय रामपुरबाट इजरायलको कृषि फार्ममा गएका मध्ये ३४ जना विद्यार्थी हमासले आक्रमण गरेको युद्ध प्रभावित क्षेत्रमा फसेका छन्। उनीहरुलाई बंकरमा राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार