मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नरैनापुरमा स्वास्थ्य शिविर : २८१ जना लाभान्वित

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

बाँके । बाँकेको पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले सेवा लिएका छन् । वडा नम्बर २ गंगापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आज नेपाली काँग्रेस क्षेत्र नम्बर १ बाँकेले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको पहिचान, बाँझोपन र छाला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । 

शिविरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मञ्जु बिसी शाह र छाला रोग विशेषज्ञ डा. अनिशा उप्रेती नेतृत्वको टिमले स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो भने नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टिमले सहजीकरण गरेको थियो ।

शाहका अनुसार पाठेघरसम्बन्धी ११० जना र छालासम्बन्धी १७१ जना गरी २८१ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८६औँ जन्म जयन्तीको अवसरमा नरैनापुर गाउँपालिकाको सहयोग र एचसीआरसी अस्पताल नेपालगन्ज तथा नेपाल परिवार नियोजन सङ्घको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविर उद्घाटन गर्दै काँग्रेस क्षेत्रीय सभापति पोषण केसीले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको बताउँदै त्यसको समयमै पहिचान गरेर निदानमा सहजता होस् भन्ने उद्देश्यले शिविर गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै क्षेत्रीय कार्यसमितिले निरन्तर रूपमा शिविर लगायतका गतिविधि सञ्चालन गरिरहेको केसीले बताउनुभयो । स्वास्थ्य सेवामा कमजोर पहुँच भएका मधेशी र मुस्लिम समुदायका महिलाहरूको सहजताका लागि शिविर गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पालिकाका महिलाहरूको लागि स्वास्थ्य शिविर अत्यन्तै उपयोगी रहने बताउनुभयो । यस्तै काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् नरैनापुर १ का वडा अध्यक्ष इशाक जोलाहले ग्रामीण क्षेत्रमा आयोजना गरिएको शिविरबाट स्वास्थ्यको पहुँच नपुगेका स्थानीय लाभान्वित भएको बताउनुभयो । पार्टीका नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा क्षेत्रीय सदस्य नसरुद्दिन शेषले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । क्षेत्रीय सचिव जयेश्वर पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार