मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

जानकीको न्यायिक समितिको काम प्रभावकारी बन्दै

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

बाँके । जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८०–०८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ । बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् । त्यस्तै यस आर्थिक वर्ष २०८१–०८२ मा जम्मा २० वटा मुद्दा मध्ये १२ वटा मुद्दा फछ्र्यौट भएका छन् । बाँकी ८ वटा मुद्दा पनि फछ्र्यौटकै तयारीमा रहेको न्यायिक शाखाले जनाएको छ ।

न्यायिक शाखाका प्रमुख जित बहादुर श्रेष्ठका अनुसार ऐलानी पर्ति जग्गामा निर्माणाधिन टहरा हटाई पाउँ, जग्गा सम्बन्धि किचलो, श्रीमान श्रीमतीको झगडा, रुखहरुले एक अर्काका जग्गामा असर पारेका विषय बढी आउने गरेका छन् । न्यायिक समितिले दुबै पक्षलाई राखेर आपसी सहमतिमा विबाद मिलाई पठाउने गरेको छ । समितिले गरेको कामबाट आफूहरु पनि सन्तुष्ट रहेको स्थानीयबासी गुन्जार अली बागवान र अब्दुल रफिक बागवान बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ मा भएको व्यवस्था अनुसार न्यायिक समितिबाट फैसला हुने र बाँकी मेलमिलापबाट फछ्र्यौट गरिने न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रामप्यारी यादवको भनाई छ । गाउँपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई विभिन्न जिल्लाको भ्रमण गराई उनीहरुको लागि पुनर्ताजकीय तालिम दिई गाउँपालिकामा आएका समस्या तथा विभिन्न किसिमका मुद्दाहरुको कसरी समाधान गर्ने भन्ने विषयमा समय-समयमा प्रशिक्षण समेत गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार