मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

गणतन्त्रवादीहरु एकजुट हुनुपर्छ - पूर्वमन्त्री गहतराज

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
युथ टुडे न्युजका सम्पादक आलम खानलाई बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित
२९ माघ २०७९, आइतबार

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ।

प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र हुन थालेकाे बताउनुहुँदै साे धारणा राख्नुभएकाे हाे ।

देश र जनताको पक्षमा उभिरहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले पत्रकार जगतले न्याय र समानताकाे पक्षमा क्रियाशील हुनुपर्नेमा जाेड दिनुभयाे ।

यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबैकाे प्रमुख दायित्व रहेको बताउनुभयो ।

गाउँ गाउँमा पत्रकार उत्पादन गरेर ग्रामीण क्षेत्रका जनताको आवाजलाई सरकारसम्म पुर्‍याउने अभिभारा पूरा गर्नेतर्फ अग्रसर रहेको अध्यक्ष सापकोटाले बताउनुभयाे ।

सो अवसरमा प्रेस सेन्टर, बाँकेले क्रान्तिकारी पत्रकारिता पुरस्कार प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार युथ टुडे न्युजका सम्पादक एंव नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खान र कल्पना शाहीलाई प्रदान गरेकाे थियाे ।

यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर याेगदान दिएकाले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, नेपालगन्ज उपमहानगरका उपप्रमुख प्रशान्त विष्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्यत्रय आईपी खरेल, पार्वती पुन र नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार