मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

भारतबाट नेपाल आउन लागेका नेपालीहरुलाई प्रहरीको सहयोगमा गन्तव्य सम्म पुर्याइदै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

बाँके । भारतबाट नेपाल आउन लागेका नेपालीहरुलाई प्रहरीले आफनो बसमा राखेर गन्तव्य सम्म पठाउने व्यवस्था मिलाएको छ ।  जमुनाहा नाकामा पुगेका नेपालीहरुलाई बिना कुनै अवरोध सहज रुपमा गन्तव्य सम्म पठाउने काम भईरहेको बाँके प्रहरीले जनाएको छ । 

नेपालगन्जमा कर्फ्यु जारी रहेकोले मनोपरी तरिकाले जान नमिल्ने भएकोले प्रहरीको सहयोगमा नेपाली नागरिकहरूलाई नेपाल भारत सीमा नाका जमुनाहाबाट पठाउने काम जारी रहेको छ ।

भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरु नेपालगन्जको जमुनाहा नाकामा रहेकाहरुलाई गन्तव्य स्थलसम्म पुराउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ ।

नेपालगन्जको जमुनाहा नाकामा पुगेका नेपाली नागरिकहरुलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोरले जानकारी दिनुभयो । राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।

स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ । प्रहरीले फाट्टफुट्ट रूपमा बाहिर निस्किएकाहरुलाई सम्झाउँदै सहजीकरण गरेर पठाउने गरेको देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार