मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

सडकमा कुखुरा फालेर कुखुरा व्यवसायीले गरे आन्दोलन

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
२ चैत्र २०७९, बिहीबार

बाँके । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । 

नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको अलि पोल्ट्री फारमका सञ्चालक असगर अलि कुरैशीले बताउनुभयो ।

उहाँले आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । 

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ । 

पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा पक्राउ गरी प्रहरीलाई बुझाउँदा पनि कारवाही नभएको नेपाल पोल्ट्री व्यवसायी सङ्घ बाँकेका सचिव प्रदीप कँडेलले बताउनुभयो ।

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेकाले व्यवसाय नै धरापमा परेको उहाँको गुनासो छ । 

यसैबीच, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले आन्दोलनस्थलमा पुगेर आन्दोलित व्यवसायी र किसानलाई भेटेर अवैध आयात रोक्ने र त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने आश्वासन दिनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार