मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

सडकमा कुखुरा फालेर कुखुरा व्यवसायीले गरे आन्दोलन

यूथ टुडे समाचारदाता 3227+ समाचार ( )
नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
२ चैत्र २०७९, बिहीबार

बाँके । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । 

नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको अलि पोल्ट्री फारमका सञ्चालक असगर अलि कुरैशीले बताउनुभयो ।

उहाँले आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । 

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ । 

पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा पक्राउ गरी प्रहरीलाई बुझाउँदा पनि कारवाही नभएको नेपाल पोल्ट्री व्यवसायी सङ्घ बाँकेका सचिव प्रदीप कँडेलले बताउनुभयो ।

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेकाले व्यवसाय नै धरापमा परेको उहाँको गुनासो छ । 

यसैबीच, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले आन्दोलनस्थलमा पुगेर आन्दोलित व्यवसायी र किसानलाई भेटेर अवैध आयात रोक्ने र त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने आश्वासन दिनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार