मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

“११ औं संविधान दिवसमा युवाको अपेक्षा र संविधानको कार्यान्वयनबारे अन्तरक्रिया सम्पन्न”

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

बाँके । ११ औं संविधान दिवसको अवसरमा शुक्रबार ‘बदलिदो परिस्थितिमा नागरिकको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संविधानले दिएको अधिकार, जिम्मेवारी र बदलिँदो सामाजिक–राजनीतिक परिवेशमा नागरिकले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहभागीबीच खुला छलफल भएको थियो ।

कार्यक्रमका इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले संविधान विधान केवल कानुनी कागज मात्र नभई नागरिकको अधिकार र कर्तव्यको आधारशिला भएकाले यसको कार्यान्वयनमा सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । 

अधिवक्ता बिश्वजित तिवारीले विशेषगरी सुशासन, समानता, सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण र नागरिक उत्तरदायित्वलाई संविधानको सफल कार्यान्वयनका आधारस्तम्भका रूपमा प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा उपस्थित जेन–जी (Gen Z) पुस्ताका युवाहरूले आफ्नो मागबारे धारणा राख्दै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा समान पहुँच, पारदर्शी शासन, अवसरमा समानता र युवाप्रति राज्यको उत्तरदायित्वलाई संविधानको मर्मसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नु भयो । गैरसरकारी संस्था महासंघका तर्फबाट रमेश सिटौलाले मुलुकमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र अवसर असमानताले युवालाई निराश बनाइरहेको भन्दै संविधान दिवसलाई परिवर्तन र सुधारको प्रेरणाको दिन बनाउनुपर्ने धारणा राख्नु भएको थियो ।

सो अन्तरक्रियामा शिक्षक, पत्रकार, वकिल, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा युवाहरूले संविधानले दिएको अवसरलाई व्यवहारमा लागू गर्न, असमानता अन्त्य गर्न र राष्ट्रिय एकतामा योगदान पुर्‍याउन सबै नागरिक सजग हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै उच्च अदालत बार एशोसियशन नेपालगञ्जका अध्यक्ष चित्रबहादुर शाहीले संविधान दिवसलाई औपचारिक बिदाको रुपमा मात्रै सीमित नगरी, रचनात्मक छलफल र नागरिक सचेतनाको माध्यमबाट सार्थक बनाउनुपर्ने जोड दिनु भएको थियो ।

यसैगरी बाँकेका निजामती कर्मचारीहरुले नेपालगञ्जको बीपिचोकमा हातमा नेपालको संविधान बोकेर संविधा दिवस मनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार