मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

हावाहुरीले विद्युतका दुई सय पोल र चार ट्रान्सफर्मर ढले, विद्युत् सेवा अवरुद्ध

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

बाँके । बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी विद्युतका पोल र चार वटाभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ । 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोलहरू ढालेर क्षतिग्रस्त बनाएकोले सोमवार साँझबाटै बाँकेमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका २०० बढी पोल र चार वटा  ट्रान्सफर्मर ढालेर क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो ।  

उहाँले हावाहुरी रोकिने बित्तिकै वितरण केन्द्रबाट प्राविधिकहरूको पाँच वटा टोलीलाई परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारमा खटाइएको बताउनुभयो । सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको प्रमुख लामिछानेले बताउनुभयो । 

सोमवार राती फेरि हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य पनि अवरुद्ध हुन जाँदा विद्युत् सुचारु गर्न नसकिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । 

मङ्गलवार बिहान चार बजेबाटै फेरी ती आठ वटै टोलीलाई परिचालन गरेर पोल र ट्रान्सफर्मर खडा गर्ने तथा तार फेरी जोड्ने कार्य सुरु गरिएको जनाउँदै त्यसपछि अहिले केही ठाउँको विद्युत् आंशिक रूपमा सुचारु गर्न सकिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो । 

अहिले मर्मत सम्भार र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले मङ्गलवार बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु हुने आशा रहेको उहाँले बताउनुभयो । 

सोही प्रकारले नेपाल विद्युत् प्राधिकरण खजुरा उप वितरण केन्द्रका प्रमुख हीरामणि घर्तिमगरले खजुरा क्षेत्रमा पनि धेरै पोलहरूमा क्षति भएको तथा ठाउँ ठाउँमा तारहरू समेत चुँडिएको जनाउँदै सोमवार रातभरि काम गरेको र अझै मर्मत जारी रहेको बताउनुभयो । 

उता, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीव सिंहले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा भएको क्षति सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँले विभिन्न ठाउँमा धेरै क्षति भएकोले विवरण सङ्कलन भइरहेको हुँदा सबैतिरको क्षति बारे एक दुई दिनमा मात्रै जानकारी हुने बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले हावाहुरी र पानीका कारण प्रायःजसो सबै स्थानहरूमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुगेको हुँदा विद्युत् पुनः सुचारु गर्न केही समय लाग्ने देखिएकोले ग्राहक वर्गमा धैर्य गरी बसिदिन हुन अनुरोध गरेको छ । 

साथै विद्युत् पोल, तार ट्रान्सफर्मर लगायत कुनै पनि उपकरण नछुनसमेत सर्वसाधारणलाई वितरण केन्द्रले आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार