मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कोभिड १९ संक्रमणले गर्भमै रहेका बच्चाहरुलाई मार्न सक्ने वैज्ञानिकहरुको दावी

महमूद आलम खान 1132+ समाचार ( )
गर्भावस्थामा संक्रमित महिलाहरूले जन्माएको शिशुको २८ दिनभित्र मृत्यु हुने उच्च जोखिम
८ फाल्गुन २०७८, आइतबार

एजेन्सी – कोभिड-१९ संक्रमणले गर्भमै रहेका बच्चाहरुलाई मार्न सक्ने वैज्ञानिकहरुले दावी गरेका छन् । विज्ञहरुको अनुसार कोभिड खोप नलिएका गर्भवती महिलाहरूको शिशुमा मृत्युको जोखिम बढी हुन्छ।

गर्भावस्थामा संक्रमित महिलाहरूले जन्माएको शिशुको २८ दिनभित्र मृत्यु हुने उच्च जोखिम हुने र जन्मिएका शिशुमा पनि जटिलता देखिन सक्ने अनुसन्धानले देखाएको छ।

हालै अर्काइभ्स अफ प्याथोलोजी एन्ड ल्याबोरेटरी मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार ४४ सदस्यीय विश्वव्यापी टोलीले १२ देशका ६४ मृत शिशुको अध्ययन गरेको थियो। यससँगै वैज्ञानिकहरूले ४ नवजात शिशुको मृत्युको पनि अध्ययन गरेका छन् ।

यी सबै केसहरू खोप नलगाएका गर्भवती महिलामा कोभिड संक्रमणसँग सम्बन्धित थिए। अनुसन्धानकर्ताहरू भन्छन्, ‘ती सबै केसहरू डेल्टा भेरियन्टका थिए।’ भाइरसले प्लेसेन्टालाई नोक्सान पुर्‍याउँने हुँदा गर्भमा अक्सिजनको कमी हुँदा बच्चाको मृत्यु पनि हुन सक्ने अध्ययनले देखाएको छ। भाइरस रगतको माध्यमबाट प्लेसेन्टामा पुग्ने र त्यसलाई फेल गर्ने विज्ञहरुले उल्लेख गरेका छन्। एनआईएचको राष्ट्रिय बाल स्वास्थ्य तथा मानव विकास संस्थानका निर्देशक, एमडी डायना बियान्चीले भने, ‘ ती निष्कर्षहरूले गर्भवती महिलाहरूलाई खोप लगाउनु पर्ने आवश्यकतालाई जोड दिन्छ। खोपको डोजहरु गर्भवती महिलाहरूको लागि सुरक्षित देखाइएको छ।’ अनुसन्धानमा ६८ केसहरूमा औसतमा ७७% प्लेसेन्टा नष्ट भएको थियो र बच्चाले त्यसबाट कुनै सहयोग पाएनन्। यो भाइरसले प्लेसेन्टाका तन्तुहरूलाई मार्छ, जसले महिलाको शरीरमा यस्तो क्षति पुर्‍याउँछ जुन कहिल्यै निको हुन सक्दैन। प्रायः सबै अवस्थामा, गर्भवती महिलामा फाइब्रिन नामक प्रोटिनको मात्रा बढेको पाइयो। यो प्रोटिनले रगत जम्ने गर्छ ।

जसका कारण गर्भमा रहेको बच्चामा रगत र अक्सिजन पुग्न सकेन । यसबाहेक, महिलाहरूमा प्लेसेन्टा कोषिकाहरु क्षतिग्रस्त हुँदा, गैर-आवश्यक कोषिकाहरुको मात्रा यति बढेको थियो कि तिनीहरू बच्चा र आमा बीचको बाधा बन्न पुग्यो। अनुसन्धानमा ९७% केसहरूमा प्लेसेन्टासँग सम्बन्धित अर्को जटिलता देखियो। क्रोनिक हिस्टियोसाइटिक इन्टरभिलाइटिस भनिने दुर्लभ इन्फ्लेमेटरी सेल्सहरू प्लेसेन्टामा जम्मा भइरहेका थिए। यो पनि कोरोना भाइरसको संक्रमणका कारण भएको वैज्ञानिकहरुको अनुमान छ ।

गर्भावस्थामा प्लेसेन्टालाई क्षति पुर्‍याउने धेरै भाइरस र ब्याक्टेरियल इन्फेक्सन हुने तर भाइरसले यसलाई पूर्ण रूपमा नष्ट गर्ने सम्भावना रहेको उनीहरुको दावी छ। भ्याक्सिनले आमासँगै बच्चालाई पनि बचाउँछ यसअघिका अनुसन्धानका अनुसार कोभिड खोपले शरीरमा उत्पादन हुने एन्टिबडीले आमाको गर्भमा हुर्किरहेको बच्चालाई पनि बचाउँछ । यी एन्टिबडीहरू आमाको माध्यमबाट बच्चामा पुग्छन् र जन्म पछि पनि संक्रमणसँग लड्न सक्छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार