मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

नेकपा माओवादी केन्द्र नेपालगञ्जको अध्यक्षमा शाह निर्वाचित

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
१५ पौष २०८१, सोमबार

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर शाह बिजयी हुनुभएको छ । शाहले ५१ मत प्राप्त गरि बिजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी वसन्त लामिछानेले १३ मत प्राप्त गर्नु भयो ।

खुला उपाध्यक्ष मोहम्मद अय्युव सिद्धिकी, उपाध्यक्ष ९दलित० तिरथराम चिडिमार र उपाध्यक्ष ९महिला० मन्दिरा पाण्डे निर्विरोध निर्वाचित हुनुभयो, यस्तै सचिव पदका उम्मेदवार धर्म राज न्यौपानेले ४५ मत र उहाँका प्रतिस्पर्धी प्रविन कुमारले १७ मत प्राप्त गर्नुभयो भने सहसचिवका उम्मेदवार धर्मराज छन्त्याल निर्विरोध निर्वाचित हुनुभयो, कोषाध्यक्षका उम्मेदवार ववी परियार कोरीले ३० मतका साथ बिजयी हुनुभयो भने उहाँ प्रतिस्पर्धी इश्वरी रावत रानाले १९ मत, कल्पना शर्माले १३ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरको पौष १३ गते भएको तेस्रो अधिवेशनको १४ गते बन्द सत्रसँगै पार्टीको विधान अनुसार निर्वाचनमा भएको थियो । आइतबार उपमहानगरका ६८ उम्मेदवारहरुका लागि निर्वाचन भयो । २ सय ७३ प्रतिनिधिले मतदान प्रक्रियाद्वारा ६८ जना सदस्यहरुलाई निर्वाचित गर्नुभयो ।

सोमबार ६८ जना सदस्यहरुले मतदान गरेर पदाधिकारीलाई निर्वाचित गराउनु भएको थियो । शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक पद्धति अनुसार उपमहानगर समितिको निर्वाचन सम्पन्न भयो । बिजयी उम्मेदवारहरुको सपथ ग्रहण पौष १६ गते साझ ४ बजे हुने अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार