मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कोहलपुर टुडे अनलाइनको मन्त्री अथकले गरे उदघाटन

महमूद आलम खान 1132+ समाचार ( )
कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ ।
२२ मंगशिर २०७८, बुधवार

कोहलपुर । कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका हुन् । कोहलपुर नगरपालिका–११, गोलपार्कमा रहेको कोहलपुर टुडेको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सम्भ्य समाजको निर्माणको लागि मिडियाको आवश्यकता रहेको उनको भनाई थियो । अहिलेको युवाले नयाँ मिडिया सञ्चालन गर्नु निकै श्रहनीय काम हो उनले भने मिडिया क्षेत्रमा नै लामो काम गरी नयाँ मिडियाको स्थापना गरी दिर्घकालीन रुपमा सञ्चालन गर्नका लागि आवश्वक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले बाँके जिल्लाका आठवटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढि प्राथामिकता दिने बताए । समाजमा रहेका भष्टाचार, आतंक, बलत्कार, घुसखोरीको न्यूनिकरणको गरी सुशासन कायम ल्याउनका लागि पूर्ण रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो अनलाइन पैसामुखी नभई स्थानीय लेखकहरुलाई प्रोत्साहन सहित राष्ट्रिय लेखकहरुलाई सम्मान समेत गरिने बताए । यस अनलाइनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक विकास, लगायतका कुराहरुमा बढि प्राथामिकता दिने कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाही बताए ।

यस्तै कोहलपुर टुडेका सम्पादक एकराज शर्माले गास, बाँस र कपास, शिक्षा तथा स्वास्थ्य, सुरक्षा बुलुन्द आवाजको रुपमा काम गर्ने बताए । पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा कार्यन्वयन गर्दै विभिन्न घटनाहरुलाई अनुसन्धान गरी सत्य, तथ्य र निष्पक्ष रुपमा समाचारहरु संप्रेशन हुने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनारले स्वागत मन्तव्य राख्दै पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । अहिले नेपालमा च्याउजस्तै गरी अनलाइनहरु स्थापना भएका छन् उनले भने तर कतिपय अनलाइन पत्रिकाहरु विश्वसनिय र प्रभावकारी छैनन् । त्यसकारणले कोहलपुर टुडेले सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेशन गरी विश्वसनिय र प्रभावकारी बनाउनुपर्नेमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार