मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

मधेशको मुद्दा छोडेर एमालेमा प्रवेश गर्दै मिश्रा

महमूद आलम खान 1132+ समाचार ( )
मेयरको टिकट पाउने पक्का भएपछि एमालेमा प्रवेश गर्दै मिश्रा
२९ कार्तिक २०७८, सोमबार

बाँके । मधेश आन्दोलनबाट राजनीतिमा चर्चामा आएका पशुपति दयाल मिश्र कम्युनिष्ट बिचारमा समाहित हुन लागेका छन् ।  बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा,अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यहि मंसिर १ गते ३ हजार बढी मधेशी तथा मुस्लिम समुदायका नेता एमाले प्रवेश गर्न लागेको नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी गराएका छन। कक्षपतिका अनुसार पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तय भएको छ ।

बाँकेका आठ वटै स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्र जित्ने लक्ष्यका साथ एमाले बाँकेले योजना बनाएको बताउँदै उपाध्यक्ष कक्षपतिले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा उपयुक्त जिम्मेवारी दिइने उल्लेख गरेका छन।

मधेशका समस्या समाधान गर्ने पार्टी एमाले नै भएकोले ६० प्रतिशत बढि २ नं क्षेत्रका कार्यकर्ता सहित जिल्ला भरीका विभिन पार्टीमा रहेका मधेशी मुस्लिम समुदायका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको स्वतन्त्र समूहका नेता एवम जिल्ला विकास समिति बाँकेका पूर्व सभापति मिश्राले जानकारी गराए।

उनले एमालेलाई मजवुद पार्टी र सबै समुदायको पार्टी बनाउनेगरी आफू प्रवेश गर्न थालेको उल्लेख गरेका छन । 

बाँके क्षेत्र नम्वर २ प्रतिनिध सभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्र  संघीय समाजवादी फोरम नेपालका नेता मोहम्मद इस्तियाक राई संग पराजित भएका थिए। राईले २१ हजार ५ सय ७५ मत पाए भने मिश्रले १५ हजार ९ सय ५१ मत ल्याएर हार व्यहोरेका थिए । स्रोतका अनुसार एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारी मिश्रालाई बनाउने प्रतिबद्धता गरे पुछि मिश्र सहित केही व्यक्तिहरू एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार