बाँके । बाँकेको गाभरमा सम्पन्न लुम्बिनी र कर्णाली प्रदेशका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको पहिलो प्रदेश सम्मेलनबाट लुम्बिनी प्रदेश अध्यक्षमा चेतकान्त भट्टराई निर्वाचित हुनु भएको छ ।
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय अध्यक्ष भट्टराईको अध्यक्षतामा लुम्बिनी प्रदेशस्तरीय ११ सदस्यीय नँया कार्यसमिति निर्वाचित भएको हो । यस्तै कर्णाली प्रदेश संयोजकमा डोल्मा स्मृति सामुदायिक पुस्तकालय भेरीगंगाका अध्यक्ष टेकेन्द्र बस्याल चयन हुनु भएको छ ।
लुम्बिनी प्रदेश ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा शोभा पाठक, सचिवमा गोविन्दराज रेग्मी, सहसचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा राजेशकुमार पाण्डे निर्वाचित हुनु भएको छ । सदस्यहरुमा शारदाकुमारी आचार्य, सुरज केसी, कमलराज भट्टराई, नन्दलाल शर्मा, ओम केसी र दुर्गाप्रसाद पौडेल निर्वाचित हुनु भएको छ ।
यस्तै लुम्बिनी प्रदेशस्तरीय सल्लाहर समितिमा पुर्णमान पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशको आयोजना र संघका प्रदेश संयोजक चेतकान्त भट्टराईको सभाअध्यक्षमा सम्मेलन संचालन भएको थियो ।
सम्मेलनमा दुई प्रदेशका दुई दर्जन बढी सामुदायिक पुस्तकालयका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँके राष्ट्रिय निकुञ्ज, ज्ञानोदय सामुदायिक पुस्तकालय लगायतका निकायसंगको समन्वय र सहकार्यमा दुई दिने प्रदेश सम्मेलन संचालन भएको हो ।