मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

भारतको राजपुरमा मोटरसाईकलमा आगलागी हुँदा तिन जना नेपालीको मृत्यु

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
परिवार सम्म सुचना पुर्याइदिन भारतीय प्रहरीको आग्रह
२६ असार २०८१, बुधवार

बाँके । बाँकेको नरैनापुर संग सिमाना जोडिएको भारतको बघौडा ताल देखि ५ किलोमिटर पूर्व राजपुर मोडमा मंगलबार राति साढे ८ ट्रेक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा आगलागी भएको थियो ।  

मोटरसाइकलमा आगलागि हुदाँ बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं १ खासकुश्मा घर भएका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटना स्थलमा मृत्यु भएको थियो । मोटरसाईकलमा सवार अन्य दुई दुईजना गम्भीर घाइते भएका थिए ।

 मंगलबार भारतबाट नेपालको भौवा नाका तर्फ जादै गरेका रा ४ प ७६५ नम्बरको मोटरसाइकल भारतीय ट्रेक्टरमा एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी भएको बघौडा बजारका व्यापारी मोहम्मद इबरारले जनाकारी दिनु भयो। 

घाइतेहरु राम बहादुर सिंह र कल्पना को श्रावस्ती जिल्ला अस्पताल भिन्गामा उपचारमा क्रममा मृत्यु भएको राजपुर थानाका प्रमुख अजय सिहंले जानकारी दिनु भयो । उहाँले भन्नुभयो मृतक तिनै जनाको शवलाई भिन्गा जिल्ला अस्पतालमा राखिएको छ । सिंहले मृतकहरुको परिवार समक्ष खबर पुर्याइदिन आग्रह गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार