मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो ।

बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको बिहीबार उद्घाटन गर्दै सो बताउनुभयो। 

हजारौंको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र फेरि हुन थालेको जनाउँदै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि जनता फेरि जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो।

माओवादीको नेतृत्वमा गठन भएको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानबाट डराएर अप्राकृतिक गठबन्धन बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

सहिद बाटिकामा निर्माण गरिएका जनयुद्धका सहिह डम्बर रानाभाट, प्रतिमा गौतम र बिपिन अधिकारीको सालिकको अनावरण गर्दै प्रचण्डले माल्यार्पण समेत गर्नुभयो। सो अवसरमा उहाँले सहिद परिवारसँग भेट गरेर उनीहरूको अवस्था बारे जानकारी पनि लिनुभयो।

यसअघि अध्यक्ष प्रचण्डले बाँकेको खजुरा ३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेर यस क्षेत्रका सहिद परिवारसँग भेट गर्दै दिउँसोको खाना पनि सहिद परिवारसँगै खानुभएको थियो । 

सो क्रममा उहाँले सहिद कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दुःख पीडाको साथी पार्टी भएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार