मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

माओवादीको ३ महिने अभियानः श्रमदानबाट बाटो तथा सिढी निर्माण

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

ललितपुर । जन–जनमा माओवादीः घर–घरमा माओवादी भन्ने मूल नारा लिएर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को ३ महिने अभियान अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका ५ वटै वडामा विभिन्न सामाजिक कामहरु भएका छन् । अभियानमा खटिएका माओवादी केन्द्रका नेता कार्यकर्ताले कोन्ज्योसोम गाउँपालिका वडा १ चौधरेमा जनश्रमदानबाट बाटो निर्माण तथा बाटोमा सिढी निर्माणको काम सम्पन्न गरेका छन् । चौघरेको घोङ्वा टोलमा बाटोमा सिढी निर्माण र सिरुडाँडामा गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको हो  ।

अभियानमा पार्टीको वडा कमिटी अध्यक्ष कान्छालाल लामा, वडा कमिटीको इन्चार्ज तथा वडा अध्यक्ष सन्तलाल लामा, वडा सदस्य आइते लाल घोङ्वा, पार्टीको पालिका अनेमसंघ क्रान्तिकारी अध्यक्ष डोल्मा लामा, पालिका कमिटीको वाइसीएल संयोजक रिता लामा तथा पार्टीको सदस्यहरूको सहभागितामा जनश्रमदानबाट बाटो निर्माण भएको छ ।

जनतासँग जनताले प्रत्यक्ष महसुस र अनुभव गर्नसक्ने काम गर्दा जनता र पार्टीको सम्बन्ध थप विस्तार हुने र जनताको माग, समस्या तथा आशा अपेक्षा थाहा हुने र त्यसैअनुसार योजना बनाएर जनताको समस्या समाधान गर्न सकिने, पार्टी र जनताबिच थप सम्बन्ध सुधार गर्दै विश्वसनीयता हासिल गर्न सकिने भएकाले यस्ता कार्यहरू निरन्तर भैरहनुपर्छ भन्दै माओवादी केन्द्र कोन्ज्योसोम गाउँपालिका कमिटी अध्यक्ष महेश लामाले अन्य वडामा पनि विभिन्न रचनात्मक कामहरु भैरहेको र थप योजना निर्माण गरेर अघि बढ्ने जानकारी दिए ।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पुर्वसभामुख ओनसरी घर्ती मगरले कोन्ज्योसोम गाउँपालिकाको अभियानको कमाण्डरको जिम्मेवारी लिएकी छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार