मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

राप्रपा नेता रबि बर्माको प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने तयारी

महमूद आलम खान 1132+ समाचार ( )
जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र राजतन्त्र स्थापनाका लागि खर्चेको बताउने बर्मा एक उर्जाशील युवा नेता हुन् ।
२२ फाल्गुन २०७८, आइतबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका जुझारु युवा नेता रबि बर्माले निकट भविष्यमा हुने प्रदेश सभाको निर्वाचनमा बाँके क्षेत्र नं २ (ख) बाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।

नेता बर्माले निकट भविष्यमा हुने प्रदेश सभाको निर्वाचनमा अमुल्य मतका लागि सबैमा अनुरोध गर्नु भयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका चर्चित नेताका रुपमा बर्मालाई चिनिन्छ। बर्माले कोरोना संक्रमण तिब्र रुपमा फैलिएको समयमा कोरोना संक्रमितहरुको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । नेता बर्माले आफ्नो ढाइ वर्षको छोरीलाई श्रीमतीको जिम्मा लगाएर कोरोना १९ महामारी नियन्त्रणको अभियानमा खटेर जनताको मन जित्न सफल हुनु भएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ ले संचालन गरेको आइसोलेसनको जिम्मेवारी लिएर काम गरेर स्थानीयको मन जितेर स्थानीयलाई संतुष्ट गर्न सफल भएको स्थानीय बिरेन्द्र शाहीले बताउनुभयो ।

युवा संगठनको राजनीतिमा सक्रिय बर्मा युवाहरुको हकहितका लागि लड्दै बिभिन्न आन्दोलनमा समेत उल्लेख्यीय योगदान दिइएको स्थानीयहरुको भनाई छ ।

युवा नेता बर्मा समाजिक सेवामा काम गरिरहँदा खास गरी गरिब, मजदूरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा वहाँले उल्लेख्य योगदान पुर्याउनु भएको छ ।

समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाविरुद्ध आवाज मात्रै हैन कलमसमेत चलाएर वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

समाजलाई मुर्तरुप दिन युवाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने वहाँले समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान युवाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको बर्माले बताउनु भयो ।

जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र राजतन्त्र स्थापनाका लागि खर्चेको बताउने बर्मा एक उर्जाशील युवा नेता हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ लुम्बिनी प्रदेशमा बाँके क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार