मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

राष्ट्रपति र प्रधानमन्त्रीले गरेन्न धीरेन्द्र शास्त्रीसँग भेट

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

काठमाडौं । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु हुने भएको छ, जुन सोमबारसम्म चल्ने छ ।

चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले पनि कार्यव्यस्तताको कारण भेट हुन नसकेको जानकारी दिए ।

शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल संग पनि भेट गराउने प्रयास भएको थियो । तर राष्ट्रपति पौडेललाई सञ्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको शीतल निवास स्रोतले बताएको छ ।

२७ वर्षका धीरेन्द्रकृष्ण शास्त्री भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ ।

शनिबार काठमाडौं आएका उनले पशुपतिनाथ दर्शन गर्नुका साथै सवा करोड दीप प्रज्वलनमा सहभागी भएका थिए ।

उनी काठमाडौं आएपछि शुक्रबार काठमाडौंमा एक प्रवचन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरु सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार