मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगन्ज घटनामा २२ जना घाइते, अनिश्चितकालिन कर्फ्यू आदेश कायमै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

बाँके । नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो ।  उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हिजो दिउँसो १ बजेदेखि जारी अनिश्चितकालिन कर्फ्यू आदेश कायमै रहेको पनि प्रशासनले जनाएको छ । 

नेपालगंजमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार प्रसार नगर्न नगराउन प्रशासनले पुनः अनुरोध गरेको छ ।  त्यस्ता गतिबिधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रशासनले स्पष्ट गरेको छ । 

सद्भावको शहरको रुपमा परिचित नेपालगंजको गरिमालाई कायम राख्न  प्रशासनले समस्त राजनितीक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार