मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


स्वर्ण पदक विजेता मोहित गुप्तालाई नेपालगञ्जमा सम्मान

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

बाँके । १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीपमा स्वर्ण पदक विजेता मोहित गुप्तालाई सम्मान गरिएको छ । 

बाँकेको नेपालगन्जबाट प्रतिनिधित्व गर्दै थाइल्याण्डको पटायामा सम्पन्न १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक विजेता नेपालगन्जका मोहित गुप्तालाई सम्मान गरिएको हो । 

शुभ विहानी मर्निङ्ग वाक समुहले शनिबार विहान मंगल प्रसाद उच्च माविमा एउटा कार्यक्रम गरि सम्मान गरिएको हो ।

आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ निवासी खेलाडी गुप्ता सहभागिता जनाएका थिए । 

थाइल्याण्डको पटायामा भएको उक्त प्रतियोगितामा नेपालगन्जका मोहित गुप्ताले एक गोल्ड र एक ब्रोन्जि स्ट्रेन्थ प्राप्त गरेका थिए । 

शुभ विहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको सम्मानमा देशको नाम अन्तर्राष्ट्रिय जगतमा उचो राख्ने कार्य गरेको भन्दै गुप्तालाई सम्मान गरिएको हो ।

सोक्रममा बोल्दै संयोजक श्रेष्ठले राज्यले खेलाडीलाई सामान्य सम्मान समेत दिन नसक्नु विडम्बना भएको टिप्पणी गरे । उनले भने–‘अन्तराष्ट्रिय स्तरमा नेपालगन्ज र सिंगो देशलाई नै चिनाउन सफल गुप्तालाई स्थानीय सरकारले सम्मान गर्न सकेन ।’

तीन तहको सरकार भएपनि खेल, खेलाडीका लागि उचित बजेट तथा कार्यक्रम नहुँदा यसक्षेत्रमा आर्कषण घट्दै गएकोले यसप्रति जिम्मेवार हुन आग्रह गरे । 

यस्तै शुभ विहानी मर्निङ्ग वाक समुहका सचिव लोकबहादुर शाहले खेल क्षेत्रमार्फत आफु र आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै अन्य युवाहरुलाई खेलकुद क्षेत्रमा आर्कषित गराउने कार्य गुप्ताले गरेको बताए । 

उनले भने–‘राज्यको तर्फबाट गुप्ता पुरस्कृत र सम्मानित हुनुपर्ने थियो तर, त्यसो हुन सकेन । यो समुहले उनले पाएको सम्मानलाई उच्च कदर गर्दै सम्मान प्रदान गरेका हौं ।’

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपमा सहभागी गोल्ड मेडेल विजेता मोहित गुप्ताले आफ्नै ब्यक्तिगत खर्चमा सहभागि भइ देश र खेलक्षेत्रको नाम उचो राख्दासमेत स्थानीय सरकारले सोधपुछ समेत नगरेको दुखोसो पोखे । 

उनले भने–‘देशका लागि खेलक्षेत्रबाट केही गर्छु भनेर कम्मर कसेर अघि बढेको हुँ, यसअघिको काजिस्तानमा भएको प्रतियोगितामा समेत आफ्नै खर्चमा पुगेर एक सिल्भर र एक ब्रोन्जि जितेँ ।’

खेल र खेलाडी क्षेत्रको विकासका लागि स्थानीय तहले आवश्यक बजेट तथा कार्यक्रम गरिनुपर्ने उनको भनाई छ । 

सोहीक्रममा शुभविहानी मर्निङ्ग वाक समुहले ४८ घण्टा निराहार पैदल हिँडेर तीर्थ घुमी फर्केका नेपालगन्ज वडा नम्बर–७ कै घनश्याम घर्तीमगरलाई सम्मान गरेकोछ । घनश्यामले भारत विहारको सुल्तानगन्जदेखि झारखण्डस्थित बाबाधाम देवघरसम्म नाङ्गो खुट्टाले यात्रा पुरा गरि बोलबम जाँदा धार्मिक क्षेत्रमा आर्कषण बढाएको भन्दै सम्मान गरिएको हो । 

सोक्रममा सम्मानित हुने स्वर्ण पदक विजेता मोहित गुप्ता र धार्मिक यात्रा पुरा गर्ने घनश्याम घर्तीमगरलाई शुभविहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठ, सचिव लोकबहादुर शाहले खादा ओढाएर सम्मान गरेका थिए । 

शुभविहानी मर्निङ्ग वाक समुहका उत्तम श्रेष्ठले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा समुहका सदस्य विश्वजित तिवारी, विजयरत्न श्रेष्ठ, कुन्तलराज शर्मा, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान सचिव विजय मल्ल, समुहका सदस्य तथा स्थानीयबासी लगायतले बधाई तथा शुभकामना दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार