मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |
मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |


जालसाजी गरेर ‘ट्रेडमार्क’ दर्ता गरेको एनआरएनएको दाबी

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ ले संस्थाको लोगो र यसको ‘ट्रेडमार्क’ को विषयलाई लिएर प्रतिलिपि अधिकार हनन गरेको दाबी गरेको छ।
१९ वैशाख २०८०, मङ्गलबार

काठमाडौं । ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ ले संस्थाको लोगो र यसको ‘ट्रेडमार्क’ को विषयलाई लिएर प्रतिलिपि अधिकार हनन गरेको दाबी गरेको छ।

‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिका’ का अध्यक्ष माधव मरासिनीले नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय नारायणहिटी काठमाण्डौँलाई लेखेको पत्रमा जालसाजीपूर्वक ‘ट्रेडमार्क’ दर्ता खारेज गरी प्रतिलिपि अधिकार हनन गरेकाले आवश्यक कारबाही गर्न माग गरिएको छ।

अमेरिकी सरकारको सम्बन्धित निकायमा आफ्नो नाममा ट्रेडमार्क दर्ता भई आफू अध्यक्ष रहेको संस्था ‘नन रेसिडेन्ट नेपाली एसोसिएसन’ ले प्रयोग गरिरहेको मरासिनीले बताएका छन्। तर नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील ‘गैर आवासीय नेपाली सङ्घ’ नामक संस्थाले जालसाजीपूर्वक अनधिकृत रूपमा उद्योग विभागमा ‘ट्रेडमार्क’ दर्ता गरेको प्रति आफूहरूको ध्यानाकर्षण भएको उनको भनाई छ।

यस अगाडि पनि ‘लोगो’ को दुरुपयोग गरेपछि गत भदौ २३ मा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा कारबाहीको लागि निवेदन पेस गरिएकोमा कार्यालयले निवेदन उपर कारबाही गर्दै अनधिकृत लोगो प्रयोग गर्ने संस्थालाई कारबाही प्रक्रिया अगाडी बढाउन महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार गरेको प्रमाण हुँदाहुँदै प्रलोभनमा परेर ‘ट्रेडमार्क’ दर्ता गरिएको निवेदनमा लेखिएको छ।

‘यस अघि पनि ‘गैर आवासीय नेपाली सङ्घ’ ले आफ्नो संस्थाको लोगो अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएकोले उपरान्त त्यसो नगर्न पटक–पटक पत्राचार गर्दै आवश्यक कारबाहीकोको लागि यस नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा समेत २३ भाद्र २०७९ मा निवेदन पेस गरेका थियौँ’, पत्रमा लेखिएको छ, ‘पेस गरिएको निवेदन उपर कारबाही गर्दै अनधिकृत लोगो प्रयोग गर्ने संस्थालाई कारबाही प्रक्रिया अगाडी बढाउन त्यस कार्यालयले महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार पनि गरेको थियो। अहिले आएर यावत नजिरहरूलाई नजर अन्दाज गर्दै विभिन्न प्रलोभनमा पारि जालसाजी पूर्वक ट्रेडमार्क दर्ता गरी प्रतिलिपि अधिकारको गम्भीर हनन गरिएको छ।’

नेपाल ‘ट्रेडमार्क’ सम्बन्धी ‘पेरिस सम्झौता’ को पक्ष राष्ट्र भएकोले ‘पेरिस सम्झौता’ मा ‘ट्रेडमार्क सम्बन्धमा कम्तीमा अधिकारप्राप्त निकायले छानबिन गर्न छ महिनाको अवधि पाउने व्यवस्था अनुसार ‘ट्रेडमार्क’ दर्ता भएपछि छ महिना ‘प्रायोरिटी क्लेम’ को लागि समय दिइने भन्दै संस्थाले छ महिनाको अवधिमा कुनै विदेशी कम्पनी आएर उक्त आवेदनको विरुद्ध आफ्नो नामको कम्पनी छ महिनाअघि नै विदेशमा दर्ता भइसकेको प्रमाण पेस गरे त्यसको ‘ट्रेडमार्क’ स्वतः पहिले दर्ता भएको कम्पनीमा जाने व्यवस्था रहेको दाबी गरेको छ।

‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ का अध्यक्ष मरासिनीले नेपालको संविधान अनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको लोगो ‘ट्रेडमार्क’ को रूपमा दर्ता गरी प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धी कानुन विपरीत कार्य गर्नु प्रचलनमा रहेको व्यवस्थालाई कुल्चिनु भएको बताएका छन्। यस सम्बन्धी काम गर्ने न्यायिक निकाय ‘नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय’ भएकोले यसबारेमा सत्य तथ्य छानबिन गरी ‘ट्रेडमार्क’ दर्ता खारेजको लागि सम्बन्धित निकायमा पत्राचार गरिदिन तथा सम्बन्धित संस्थालाई लोगो प्रयोग नगर्न निर्देशन दिई आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।

‘नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय’ बाट यस बारेमा कुनै कारबाही अगाडि नबढेको अवस्थामा अमेरिकी सरकारको ‘ट्रेडमार्क’ सम्बन्धी न्यायिक निकायमा उजुरी दिन बाध्य हुने भन्दै मरासिनीले त्यसले राष्ट्रको अन्तर्राष्ट्रिय छविमा आँच आउन सक्ने भन्दै गम्भीर हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै