काठमाडौं । उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पुर्व-मन्त्री अब्दुल खानले आज परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास बुढानिलकण्ठ,काठमाडौंमा पुगेर बर्दिया जिल्लामा नेपाल-भारतको सिमा नाकामा भंसार कार्यालय स्थापना गराउनु पहल गरि दिन आग्रह गर्दै बर्दियाको समग्र विकासको विषयमा ज्ञापनपत्र बुझाउनु भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवासले सक्दो प्रयास गरिने अश्वासन दिनु भएको छ । पुर्व-मन्त्री अब्दुल खानले बर्दियामा नेपाल-भारतको सिमा नाकामा भंसार कार्यालय खाेल्नु पर्ने कारणका बारेमा जानकारी गराउनु भएकाे थियाे ।
बर्दियाको विकास र सिमा सम्बन्धमा केही दिन अगाडी नेपाल स्थित भारतीय दुतावासलाई समेत ध्यानाकर्षण पत्र समेत बुझाई सकिएकाे पुर्व-मन्त्री अब्दुल खानले बताउनु भयो ।