बाँके । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ ।
सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।
पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।
यस्तै बाँकेबाट प्रतिनिधि सभा सदस्यको लागि खसआर्य/महिलाबाट पार्बती आचार्य, अल्पसंख्यक /पुरुषबाट नारद पुरी र दलितबाट हरि बहादुर ददेल रहनुभएको छ भने प्रदेश तर्फ समानुपातिकमा खस आर्य/महिलाबाट रेणुका खड्का,थारू/महिलाबाट बिस्नु चौधरी थारू,खस/आर्यबाट पबित्रा कुमारी रोकया, मुस्लिमबाट कालिमिया खातुन(कस्मिरा) को नाम बन्द सुचिमा राखिएको छ ।
प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको छ ।