मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

जडिबुटी उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
बाँके, बर्दिया र भारतीय दमकलको सहयोग आगो नियन्त्रणमा लिने प्रयास जारी
६ वैशाख २०८१, बिहीबार

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित रहेको बाहुबली हर्ब प्रालि जडिबुटी उद्योगमा आगलागी भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार ब्यापारी राजेश जैनले संचालन गरेको जडिबुटी उद्योगमा बिहीबार बिहान ७ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको खोटो तथा दाउराबाट सुरु भएको आगलागी उद्योग सम्म पुगेकोले नियन्त्रणमा लिन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

नेपालगन्ज विमानस्थलको दमकललगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । 

“उद्योगमा आगो पुगिसकेको छ, गोदाममा आगो पुगे पनि नियन्त्रण प्रयास जारी छ ।” प्रजिअ पोखरेलले भन्नुभयो, “सल्लाको खोटो भएका कारण तुरुन्तै नियन्त्रणमा ल्याउन सकिने अवस्था देखिँदैन, कठिन छ, उद्योगको गोदाम र कारखानातर्फ आगो फैलिएकोले नियन्त्रण प्रयास जारी छ,।”

आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेनासहित बाँकेका प्रजिअ श्रवणकुमार पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, व्यापारी नरेन्द्र ओली समेत आगलागी स्थलमा पुग्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार