बाँके । प्रेस सेन्टर नेपाल बाँकेका सदस्य सुभाष गुप्तालाई पितृ शोक परेको छ ।
पत्रकार गुप्ताका बुबा नेपालगञ्ज उपमहानगरपालिका बडा नं –११ निवासी सत्य नारायण ठठेरको ६० वर्षको उमेरमा आज निधन भएको हो । स्वर्गीय ठठेरलाई ब्लड प्रेसरको समस्या थियो ।
घरमा नुहाउने क्रममा हृदय घात भए पछि उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज पुर्याए लगत्तै डाक्टरहरुले मृत घोषणा गरेको पत्रकार गुप्ताले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।
उहाँको बुधबार बिहान ११ बजे नेपालगन्ज स्थित सम्सानघाटमा अन्तिम संस्कार गरिने छ । उहाँलाई श्रद्धाञ्जलि व्यक्त गर्न प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव आलम खान, बाँकेका सहसचिव केपि घिमिरे, राप्रपाका केन्द्रीय सदस्य ओम प्रकाश अजाद घरमा पुग्नु भएको थियो ।
यसैगरी प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका प्रमुख सचिव भुपेन्द्र वली, बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल लगायतले शोक व्यक्त गर्नु भएको छ ।