मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

वैशाखी पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकार संग सिख समुदायको माग

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेमा करिब सात हजार आसपासमा सिख छन् ।
२६ चैत्र २०७८, शनिबार

बाँके । बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन् । विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धुमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वाराका गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए ।

सरकारले अन्य समुदायको पर्वमा बिदा दिए जस्तै सिख समुदायको बैशाखी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गर्न राजेन्द्र सिंह सरदारले माग गर्नु भयो ।

उहाँका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ ।

“वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यसवर्ष पनि मनाउँछौँ”, सभाका प्रधान सरदारले भने ।

बाँकेमा करिब सात हजार आसपासमा सिख छन् । बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन् ।

नेपालमा २५ हजारभन्दा बढी सिख छन् । आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारागुरु नानकसिंह सभाका प्रधान सरदारले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार