बाँके । युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यसहित बुधबार देखि नेपालगञ्जमा ३० दिने बेकरी तालिम सुरु भएको छ ।
लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरको आयोजनामा सुरु भएको तालिममा बोल्दै लियानाका डाइरेक्टर भोदुराम थारुले युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमबाट लाभ लिन सहभागीलाई आग्रह गर्नु भयो । तालिमबाट प्राप्त सिपले रोजगारीका साथै स्वरोजगार बन्न सकिने थारुले जिकिर गर्नुभयो ।
लियानाका सिइओ अभिषेक थारुले आर्थिक रुपमा सबल बन्नका लागि सिपको विकास हुन आवश्यक रहेको बताउँदै थारुले सिपको विकास गर्नका लागि तालिमको आयोजना गरिएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, हातमा सिप नहुँदा थुप्रै युवा/ युवतीहरुले रोजगारी प्राप्त गर्न नसकेको रोजगारी पाए पनि न्युन पारिश्रमिक पाउने गरेको र दुख पाउने गरेकोले लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले तालिम दिन सुरु गरेको बताउनु भयो । थारुले स्वादेशमा रोजगारी सिर्जना गर्नु तालिमको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, बैदेशिक रोजगारीमा जना चाहने युवाहरुलाई तालिम अनुसारको रोजगारीको पहल गर्ने बताउनु भयो ।
तालिममा कुकिज, कप केक, डोनट, पाउरोटी, कोकोनट, पिजा र ब्ल्याक फरेस्ट (बर्थ डे केक) बनाउन सिकाइने प्रशिक्षक अमर बहादुर तामाङले जानकारी दिनु भयो ।
सीप सिकेर उद्यमी बन्नुपर्नेमा जोड दिँदै प्रशिक्षक तामाङले तालिमबाट सीप सिकेर त्यसलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।
बैदेशिक रोजगारीमा जाने युवायुवतीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकोले बैदेशिक रोजगार विभागले सिप लिएर बिदेश जाँद भरपर्दो र सुरक्षित हुने र पारिश्रमिक राम्रो पाउने भएकोले लियानाले स्वरोजगार मुलक तालिम दिन सुरु गरेको हो । तालिममा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दाङ र कालिकोटको गरी दुई दर्जन युवायुवतीहरुको सहभागीता रहेको छ ।