प्रहरी कर्मचारीहरुलाई सिर्जनशील बन्न प्रहरी उपरीक्षक घर्तिमगरको निर्देशन
सुरुवा भएर जाने क्रममा प्रहरी उपरीक्षक कार्कीले भने "बाँके सम्बेदनशील छ,वर्तमान परिवेश बुझेर काम गर्नु"
१९ वैशाख २०८२, शुक्रबार
बाँके । आज शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर भएका राम प्रसाद घर्तिमगरले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीको सरुवा भएको हो ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी घर्तिमगरले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने बताउनु भएको ।
जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि आफुले आम नागरिकसंग जिल्ला प्रहरी प्रमुख तथा सुरक्षाका निम्ति जनतासंग प्रहरी भन्ने एक कार्यकम समेत छिट्टै सार्वजनिक गरि कार्यान्वयनमा ल्याउने बताउनु भयो ।
राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।
प्रहरी उपरीक्षक घर्तिमगरले सङ्गठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरोरुपमा उत्रन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “बाँकेका सबै प्रहरी कर्मचारीहरूले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ ।” यसै गरी उहाँले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
सङ्गठनको नीति र आवश्यकता अनुरूप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आफू मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई निष्ठावान्, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।
सरुवा भएर प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की जाने क्रममा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा प्रहरी अधिकृतहरुलाई जानकारी गराउदै उहाँले १३ महिने कार्यकालमा जनमुखी काम गरेर सरुवा भएर जान लागेको बताउनु भयो । बिदाई कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका एसपि ओम खण्डका, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, डिएसपि दिपक पातली, सामाजिक व्यक्तित्व नविन लगायतको सहभागिता रहेको थियो ।